बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेती नदीमा बगेर डडेलधुरा अस्पतालका दुई स्वास्थ्यकर्मी बेपत्ता

सेती नदीमा बगेर डडेलधुरा अस्पतालका दुई स्वास्थ्यकर्मी बेपत्ता

डडेलधुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- डडेलधुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।

डोटीको शिखर नगरपालिका–१०, गगनानस्थित सेती नदीमा नुहाउने क्रममा नदीले बगाएर उनीहरु बेपत्ता भएका हुन्। प्रहरीका अनुसार अस्पतालका चार स्वास्थ्यकर्मीहरू शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्कने समयमा सेतीमा नुहाउँदा तीन जनालाई बगाएको थियो।

डडेलधुराको परशुराम नगरपालिका घर भएका हरि जोशी र बझाङ स्थायी घर भएका विनय सिंह बेपता भएका छन् भने एकजनाको उद्धार गरिएको छ।

उनीहरुसँगै नुहाउने क्रममा बगेका खगेन्द्रको प्रेमबहादुर ठगुन्नाले उद्धार गरेको प्रहरीले जनाएको छ। बेपत्ता दुई जनाको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

चारैजना डडेलधुरा अस्पतालका कर्मचारी रहेको र अस्पतालको एम्बुलेन्स घटनास्थलतर्फ गएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

प्रकाशित: Aug 01, 2020| 18:38 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।