बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियमको मूल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १०४, डिजल र मट्टीतेल ९० रुपैयाँ

पेट्रोलियमको मूल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १०४, डिजल र मट्टीतेल ९० रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १।५० रुपैयाँ बढाइएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ रुपैयाँ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य बढाएको छैन।

प्रकाशित: Aug 01, 2020| 21:00 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्