बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

वीरगन्जमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

वीरगन्जमा शनिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

वीरगन्जमा शनिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

शनिबार साँझ ६ बजे वीरगन्ज १६ नगवा बस्ने ६० वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। नारायणी बयोधा अस्पतालमा उपचाररत उनलाई शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि आज बिहान उनलाइए अस्पतालले कोरोना विशेष अस्पताल गण्डकमा रिफर गरेको थियो।

श्वासप्रश्वासमा समस्या भएपनछ उनलाई १४ गते भवानी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएको भन्दै भर्ना नलिएपछि नारायणी बयोधा अस्पताल लगिएको थियो।

यस्तै, नारायणी बयोधा अस्पतालमै मृत्यु भएकी वीरगन्ज १६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो। तर रिपोर्ट नआउँदै बिहान १० बजे मृत्यु भएको थियो।

प्रकाशित: Aug 01, 2020| 21:57 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।