शुक्रबार, फागुन २९, २०८२

अमेरिकामा कोरोनाबाट २४ घण्टामा एक हजार ४४२ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

न्युयोर्क- संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ।

National life

जोन हकिन्स विश्वविद्यालयद्वारा सार्वजनिक तथ्यांकअनुसार विगत चार दिनयता अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो।

विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्य भएको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ५३ हजार २६८ पुगेको छ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ। अमेरिकामा शनिबारसम्ममा १४ लाख सङ्क्रमित निको भई घर फर्किएका छन्। -एएफपी

प्रकाशित: Aug 01, 2020| 21:45 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।