पर्सा- वीरगंजमा ६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
गत साउन ७ गते भर्ना भएका एक जना र ८ गते भर्ना भएका ५ जना कोरोना मुक्त भएको डा. उदयनारायण सिंहले जानकारी दिए।
वीरगंजको अस्थाई कोभिड अस्पताल गण्डकमा उपचारत ६ जनामा समान्यदेखि मध्यम खालका लक्षणहरू देखिएका थिए। शनिबार पीसीआर रिपोर्ट नगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।