बालुवाटारबाट कुन बेला सिफारिस आउला र हस्ताक्षर धस्काउँला भनेर कलमको बिर्को खोलेर कुरे झैैं राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै संसद् विघटन गरिन् र मध्यावधि चुनाव घोषणा गरिदिइन्।
यो अवस्थामा आउनुमा प्रमुख दल, ठूला नेता, सिंगो संसद् र प्रतिपक्षीसमेत जिम्मेवार छन्। भोलि संविधान र व्यवस्थाले व्यहोर्ने क्षतिको जिम्मा ठूला दल र नेताले लिनुपर्नेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएको छ।