धनगढी। कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।
राष्ट्रपति समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस स्वीकृत गरेको भन्दै उनीहरूले धनगढीको पार्कमोडमा राष्ट्रपतिविरुद्ध समेत नाराबाजी गरेकाे थिए।