आइतबार, असार २८, २०८३

शीर्ष स्थानतर्फ अघि बढ्दै रियल मड्रिड

साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी बनाएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी बनाएको छ।

एइबरको मैदानमा आइतबार राति सम्पन्न खेलमा रियलले घरेलु टिमविरुद्ध ३–१ गोलको जित निकाल्दै शीर्षस्थानको टिमसँग बराबरी गरेको हो।

जारी सिजनमा खराव सुरुवात गरेको रियलले पछिल्ला खेल सुधार गर्दै शीर्षस्थानतर्फ अघि बढ्दै गएको छ।

अघि बढ्ने क्रममा गएरातिको जितका लागि करिम बेञ्जेमा, लुका मोड्रिच र लुकास भाज्क्वेसले समान १–१ गोल गरे।

खेलको छैटौं मिनेटमै रोड्रिगोले दिएको पासलाई सदुपयोग गर्दै बेञ्जेमाले सुरुवाती अग्रता बनाए। उनको अग्रतालाई अझ अघि बढाउन १३ औं मिनेटमा मोड्रिचले गोल गर्दा बेञ्जेमाले नै पास उपलब्ध गराएका थिए।

दुई गोलले अघि रहेको टिविरुद्ध किके गर्सियाले २८ औं मिनेटमा गोल गरेपघि पहिलो हाफमा रियल २–१ गोले अघि रह्यो।

दोस्रो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले निकै अवसर पाए पनि लुकास भाज्क्वेसले मात्र इन्ज्युरी समयमा गोल गरेपछि भने नजिता ३–१ बन्न पुग्यो।

३–१ गोलको सहज जितसँगै रियलले शीर्षस्थानको एथ्लेटिकोसँग समान २९ अंक बनाएको छ। यद्यपि एथ्लेटिको १२ खेलमा सहभागी छ भने रियलले १४ खेल खेलिसकेको छ।

यता पराजित एइबर १५ अंकका साथ १४ औं स्थानमा छ। आइतबार रातिको अर्को खेलमा गेटाफेले कार्डिजलाई उसकै मैदानमा २–० गोलले हराएको छ।
 

प्रकाशित: Dec 21, 2020| 00:33 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।