सोमबार, असार २९, २०८३

लिग वानमा पीएसजीको दोस्रो बराबरी

फ्रेन्च शीर्ष फुटबल लिग वानको जारी सिजनमा पेरिस सेन्ट जर्मेन पीएसजी (पीएसजी)ले दोस्रो बराबरी खेलेको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– फ्रेन्च शीर्ष फुटबल लिग वानको जारी सिजनमा पेरिस सेन्ट जर्मेन पीएसजी (पीएसजी)ले दोस्रो बराबरी खेलेको छ।

जारी सिजनमा चार पराजय भोगिसकेको पीएसजीले आइतबार राति लिल्लको मैदानमा घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो।

प्रतियोगितामा दुवै टिमले गोलको अवसर बनाए पनि कुनै टिम सफल रहेनन्। लिल्लको ११ र पीएसजीको १० सुटमध्ये क्रमशः तीन र एक सुट लक्ष्यमा भए पनि दुवैतिरका किपरले उत्कृष्ट रक्षा गरे।

पीएसजीका फरवार्ड नेयमार घुँडाको चोटका कारण मैदानमा बाहिर छन् भने अर्का फरवार्ड केलियन एम्बाप्पे पनि पहिलो रोजाइमा पर्न सफल बनेनन्।

७७ औं मिनेटमा मैदान प्रवेश गरेर पनि एम्बाप्पेले धमाका देखाउन नसकेपछि पीएसजीको शीर्षस्थानमा पुग्ने मौका गुमेको हो।

साविक विजेता टिम अघिले अंकतालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानका दुवै टिमको ३३ अंक रहँदा पीएसजीको ३२ अंक छ।

लिल्ल शीर्षस्थानमा छ भने दोस्रो स्थानमा लियोन छ। जारी सिजनमा शीर्षस्थानका तीन टिमभन्दा दुई खेल कम खेलेको मार्सेल्ली २८ अंकका साथ चौथो स्थानमा छ।
 

प्रकाशित: Dec 21, 2020| 00:49 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।