काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन भएका छन्।
आइतबार महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरममा चयन भएका सभापतिलाई पत्र हस्तान्तरण गरेका हुन्।
जसअनुसार उद्योग समितिको सभापतिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डि.बी. बस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह चयन भएका छन्।
त्यस्तै स्थल यातायात तथा पारवहन समिति सभापतिको जिम्मेवारी प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिको सन्दिपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति सभापतिको जिम्मेवारी ज्योत्सना श्रेष्ठले पाएकी छन्।
सूचना तथा सञ्चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोभेशन समिति रन्जितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समिति गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापति तोकिएको छ।
त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम इन्जिनियर देशबन्धु बस्नेत, सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पूँंजी बजार फोरम अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउन भूमिका खेल्ने बताए।