धनगढी। कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको छ।
विद्यार्थीहरूलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जाेगाउन विद्यालयले स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको हो।
सो टनेलको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उद्घाटन गरिन्।
विद्यालयका प्रधानाध्यापक स्माइल चौधरीले विद्यार्थीहरूलाई सुरक्षित गराउन स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको बताए।
उनले ज्वरो नापेर स्यानिटाइजिङ गरेर मात्र विद्यार्थीलाई विद्यालयमा प्रवेश गराउने बताए।
कक्षा ९ मा अध्ययनरत हेमन्त भट्टले कोरोना भाइरसबाट बच्न विद्यालयले जडान गरेको नयाँ प्रविधिका कारण सुरक्षित महसुस गरेको बताए।
अभिभावक निर्मलकुमार कार्कीले बच्चाहरूको ज्वरो नापेर स्यानिटाइजिङ गरेर विद्यालयमा प्रवेश गराउँदा बच्चाहरू सुरक्षित हुने विश्वास व्यक्त गरे।