मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा ओली पक्षका सांसदको भेला, संसद् भवनमा रणनीति तय गर्दै दाहाल-नेपाल समूह

बालुवाटारमा ओली पक्षका सांसदको भेला, संसद् भवनमा रणनीति तय गर्दै दाहाल-नेपाल समूह

विभाजनको संघारमा रहेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार आ-आफ्नो पक्षका सांसदहरुको बैठक राखेका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- विभाजनको संघारमा रहेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार आ-आफ्नो पक्षका सांसदहरुको बैठक राखेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पक्षका सांसदको भेला उनकै सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि डाकिएको छ भने प्रचण्ड पक्षीय सांसदहरु दिउँसो २ बजे संसद् भवन बानेश्वरमा भेला हुँदैछन्।

ओलीले बोलाएको भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने बताइएको छ।

उता वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसमेत रहेको प्रचण्ड गुट पनि थप रणनीति बनाउन सक्रिय छ। 

प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध कडा रुपमा उत्रिएका उनीहरु थप कदम चाल्न आज दिउँसो  भेला हुन लागेका हुन्। सांसदहरुको भेलापछि प्रचण्ड पक्षका स्थायी कमिटी सदस्यको पनि बैठक बस्ने कार्यक्रम छ।

हिजो आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। यसका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने स्थायी कमिटीको निर्णय छ। केन्द्रीय कमिटी बैठक भोलि मंगलबारलाई डाकिएको छ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेसँगै राजनीति गर्माएको हो। ओलीको कदमको विरोधमा सत्तारुढ दल नेकपाको प्रचण्ड पक्ष, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य प्रतिपक्षी दलहरुलगायत सबैतिरबाट आलोचना भइरहेको छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारका ७ जना मन्त्रीले हिजै राजीनामा घोषणा गरेका छन्। राजीनामा घोषणा गर्ने मन्त्रीहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगर, वनमन्त्री शक्ति बस्नेत र श्रममन्त्री रामेश्वर राय यादव छन् । 

प्रचण्ड निकट मानिने मन्त्रीहरू रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा घोषणा गरेका छैनन् ।

प्रकाशित: Dec 21, 2020| 01:16 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।