सोमबार, चैत २, २०८२

युनाइटेडको फराकिलो जित, टोटेनहमको लगातार दोस्रो हार

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आक्रामक सुरुवात गर्दै म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आक्रामक सुरुवात गर्दै म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ।

National life

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडविरुद्ध ६–२ गोलको जित निकालेको हो।

जितका लागि युनाइटेडका स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान २–२ गोल गरे भने भिक्टर लिन्डेलोफ र ड्यानियल जेम्सले समान १–१ गोल गरे।

खेलको दोस्रो र तेस्रो मिनेटमै म्याक टोमीनेले गोल गर्दै लिड्सलाई समस्यामा पारेका थिए। उनलाई फर्नान्डेस  र मार्सियलले पास उपलब्ध गराएपछि सुरुवाती तीन मिनेटमा दुई गोल गर्ने लिगको पहिलो खेलाडी बने।

यता खेलको २० औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टिमले अग्रता तेब्बर बनायो। त्यसको १७ मिनेटमै मार्सियलले दिएको पासलाई लिन्डेलोफले गोलमा बदल्दा पहिलो हाफमै युनाइटेडले चार गोल गर्यो।

Laxmi sunrise bank
kumari

४१ औं मिनेटमा लिड्सका लियम कुपरले गोल गरे पनि टिम खेलमा फर्कन सकेन। र, पहिलो हाफमा युनाइटेड ४–१ गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि उसले दुई गोल थप्यो। ६६ औं मिनेटमा जेम्सले गोल गरे भने पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ७० औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गरे।
अन्तिममा गोल गर्न भ्याएको लिड्सले पुरा समय खेल्दा पनि युनाइटेडलाई भेट्स सकेन र घरेलु टिमले ६–२ गोलअन्तको जित निकाल्यो।

जितसँगै म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ भने लिड्स १४ औं स्थानमा छ।

आइतबार रातिकै अर्को खेलमा टोटेनहम हट्स्पुरले लेस्टर सिटीसँग २–० गोलको पराजय भोगेको छ।

यसअघि एनफिल्ड मैदानमा घरेलु टिमसँग हार बेहोरेको टोटेनहमले गएराति लन्डनको हट्स्पुर मैदानमा हार बेहोर्दा पाँचौ स्थानमा पुगेको छ।

उसलाई हराउँदै लेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अंकतालिकाको शीर्षस्थानमा लिभरपुल छ भने चौथो स्थानमा एभर्टन छ।
 

प्रकाशित: Dec 21, 2020| 01:25 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।