वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।
नेपालको आन्तरिक आर्थिक क्षेत्रसँगै बाह्य क्षेत्र पनि कमजोर बन्दै गएको छ। चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक हेर्ने हो भने बाह्य क्षेत्र कमजोर बन्दै गएको देखिन्छ।