काठमाडौं- काठमाडौंको भद्रकाली नजिकै आकासे पुल मुनी बिहीबार विहान बस दुर्घटना भएको छ।
विहान साढे सात बजे थानकोट चन्द्रागिरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस भद्रकालीको आकाशे पुन मुनी पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ।
तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। पाँच जना सवार बस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा बीच सडकमा पल्टिएको हो।
दुर्घटनामा तीन जना घाइते भएका छन्। बसमा सवार भक्तपुर निवासी २८ वर्षीया विमला बुढा मगर र उनकी छोरी ६ वर्षीया नितु र बसका चालक नुवाकोट भेरीकोटका २४ वर्षीय अर्जुन तामाङ घाइते भएका हुन्।