आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वशान्ति अभियानमा लुम्बिनीको योगदान महत्त्वपूर्ण : मन्त्री ढकाल

विश्वशान्ति अभियानमा लुम्बिनीको योगदान महत्त्वपूर्ण : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विश्वशान्ति अभियानमा लुम्बिनीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

भैरहवा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विश्वशान्ति अभियानमा लुम्बिनीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।

बुधबार साँझ बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमणपछि उनले भने, 'बुद्ध जन्मस्थल, शान्तिका दूत जसका नामले विश्वसामु हामी परिचित छौं। विश्वमा नै शान्तिको सन्देश पुर्याउन, गौतम बुद्धको जन्मस्थल यहाँ आउने देशीविदेशी पर्यटकमार्फत हामी सफल हुनेछौं।'

उनले  निर्माणाधीन अन्तर्राष्ट्रिय ध्यान केन्द्रको निरीक्षणसमेत गरेका थिए। अन्तर्राष्ट्रिय बौद्धिस्ट तथा ध्यान केन्द्र पाँच हजार मानिस अटाउने गरी निर्माण भइरहेको छ।

मन्त्री ढकालका साथ राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेया, कोषका कार्य समिति सदस्यहरु श्रीराम यादव, राजेश ज्ञवाली, काउन्सिल सदस्य इन्साफ अलि, सदस्य सचिव सानुराजा शाक्यसहितले लुम्बिनी क्षेत्रको अवलोकन भ्रमण गरेका थिए। 

प्रकाशित: Jan 13, 2021| 15:27 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।