आइतबार, असार २८, २०८३

फ्रेन्च सुपरकप पीएसजीलाई, पोचेतिनोले जिते पहिलो उपाधि

प्रशिक्षक माउरिसियो पोचेतिनोले प्रशिक्षण कालको पहिलो उपाधि जितेका छन्।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– प्रशिक्षक माउरिसियो पोचेतिनोले प्रशिक्षण कालको पहिलो उपाधि जितेका छन्।

बुधबार राति फ्रेन्च सुपरकप फाइनलमा मार्सेल्लीलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकाल्दा पोचेतिनोले पहिलो उपाधि जिते।

यो महिनाको सुरुमा प्रशिक्षक नियुक्त भएका पोचेतिनोको पीएसजीमा तेस्रो खेलमात्र हो। जहाँ उनी सफल बने।

खेलको ३९ औं मिनेटमा गोल गर्दै माउरो इकार्डीले सुरुवाती अग्रता बनाएका थिए। यससँगै पहिलो हाफमा पीएसजी १–० गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफको ८५ औं मिनेटमा नेयमारले पेनाल्टीमा पाएको अवसरको उपयोग गर्दै गोल गरेपछि भने खेलमा पीएसजीले २–० गोलको अग्रता बनायो। तर तत्कालै डिमित्री पएटले सान्त्वना गोल फर्काए । यससँगै २–१ गोलअन्तरमा पीएसजीले फाइनल हात पार्यो।
 

प्रकाशित: Jan 14, 2021| 01:41 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।