शनिबार, असोज ३, २०८३

चीनसँगको वैदेशिक व्यापारमा गिरावट

नेपालको वैदेशिक व्यापारअन्तर्गत चीनतर्फको व्यापारमा गिरावट आएको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- नेपालको वैदेशिक व्यापारअन्तर्गत चीनतर्फको व्यापारमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ५ महिना (साउन–मंसिर) सम्मको आर्थिक स्थितिअनुसार नेपालको वैदेशिक व्यापारअन्तर्गत चीनतर्फको व्यापारमा गिरावट आएको हो।

राष्ट्र बैंकका अनुसार नेपालबाट चीनतर्फ हुने निर्यातमा ५५.२ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै चीनबाट हुने आयातमा २४.४ प्रतिशतले गिरावट आएको छ।

चालू आर्थिक वर्षको सो अवधिमा समग्रमा नेपालको निर्यात व्यापारमा सुधार आएको राष्ट्र बैंकले जानकारी दिएको छ।

गत आर्थिक वर्षको सोही तुलनामा निर्यातमा ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड रुपैयाँ बराबरको भएको छ।

सो अवधिमा भारततर्फको निर्यातमा ८.६ प्रतिशतले वृद्धि भएको र आयात १.१ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरिएको छ। 

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालमा कुल ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको र सो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रकाशित: Jan 13, 2021| 13:15 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्