आइतबार, भदौ २१, २०८३

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जाँदै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (बिहीबार) भारत भ्रमणमा जाने भएका छन्।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (बिहीबार) भारत भ्रमणमा जाने भएका छन्।

उनी नेपाल–भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

मन्त्री ज्ञवाली माघ ३ गतेसम्म भारतको भ्रमणमा रहने छन्। उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ। 

संयुक्त आयोगको बैठकमा नेपाल–भारतको द्विपक्षीय हित प्रवद्र्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोग–समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटीलगायतका विषयमा छलफल हुने बताइएको छ।

भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ।

प्रकाशित: Jan 14, 2021| 04:51 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।