सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो डिभिजन क्लबसँग पराजित हुँदै बायर्न जर्मन कपबाट बाहिरियो

दोस्रो डिभिजन क्लबसँग पराजित हुँदै बायर्न जर्मन कपबाट बाहिरियो

बुन्डेसलिगा, च्याम्प्यिन्स लिग र जर्मन कप जितेको साविक ट्रिबल विजेता बायर्न म्युनिक दोस्रो डिभिजनको क्लब होल्स्टेनसँग पराजित भएको छ। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– बुन्डेसलिगा, च्याम्प्यिन्स लिग र जर्मन कप जितेको साविक ट्रिबल विजेता बायर्न म्युनिक दोस्रो डिभिजनको क्लब होल्स्टेनसँग पराजित भएको छ। 

National life

जर्मन कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बराबरीका साथ टाईब्रेकरमा पुगेको खेलमा बायर्न पराजित भएको हो।

बायर्न दोस्रा डिभिजनको  टिमसँग १६ वर्षयता पहिलोपटक पराजित भएको हो। त्यस्तै १२ वर्षसम्म लगातार सेमिफाइनलसम्मको यात्रा गरेको टीम यो सिजनमा दोस्रो राउण्डबाटै बाहिरिएको हो।  

यो हारसँगै बायर्नले जर्मन कपको यात्रा बिचमै पूर्णविराम लगाएको छ। खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले २–२ गोल अन्तर भएपछि खेल बराबरी भएको थियो।

नाटकीय खेलको १४ औं मिनेटमा बायर्नका सर्ज गन्याब्रीले गोल गरे भने ३७ औं मिनेटमा होल्स्टेनका फिन बार्टेल्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

Laxmi sunrise bank
kumari

त्यस्तै दोस्रो हाफको ४७ औं मिनेटमा बायर्न लिरोय सनाले गोल गरेर पुनः अग्रता बनाए पनि होल्स्टेनका हाउके वाहीले इन्ज्युरी समयमा गोल गर्दै बराबरी गरे।

बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो। 

टाईब्रेकरमा होल्स्टेनका गोलकिपरले छैटौं गोल रोकेपछि बायर्न पराजित भयो। यसअघिका सबै अवसर गोलमा परिणत भएका थिए। 
जित निकाल्दै होल्स्टेन अर्को चरणमा पुगेको छ भने बायर्न बाहिरिएको छ।
 

प्रकाशित: Jan 14, 2021| 02:11 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।