बुधबार, भदौ २४, २०८३

युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

ओल्ड लेडिमा बुधबार राति सम्पन्न खेलमा जिनोआलाई हराउँदै युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– ओल्ड लेडिमा बुधबार राति सम्पन्न खेलमा जिनोआलाई हराउँदै युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

युभेन्टसले घरेलु मैदानमा पाहुना टिम जिनोआलाई ३–२ गोलले हराउँदै डेजन कुलुसेभ्स्कीले सुरुवाती गोल गरेका थिए।

खेलको दोस्रो मिनेटमै गोल गरेर कुलुसेभ्स्कीले युभेन्टसलाई अग्रता दिलाए भने  २३ औं मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर बनाए।
तर २८ औं मिनेटमा लेन्नेट सिजबोराको गोलबाट लयमा फर्किएको जिनोआले दोस्रो हाफमा खेल बराबरी गर्यो।

७४ औं मिनेटमा फिल्पो मेलेगोनीले गोल गर्दै जिनोआलाई युभेन्टससँग २–२ गोलको बराबरीमा ल्याए। यससँगै निर्धारित ९० मिनेटसम्म खेल बराबरी भयो।

तर थपिएको अतिरिक्त समयमा (१०४ औं मिनेटमा) युभेन्टसका राफियाले गोल गरेपछि घरेलु टिम जित निकाल्न सफल भएको हो।

त्यस्तै बुधबार राति नै सम्पन्न अन्य खेलबाट जित निकाल्दै इन्टर मिलान र नापोली पनि कोपा इटालियाको क्वार्टरफाइलमा प्रवेश गरेका छन्।
अन्तिम १६ को खेलमा आज राति ससुओलोले स्पलसँग खेल्नेछ भने एटलान्टाले कालिग्रीको  सामना गर्नेछ।
 

प्रकाशित: Jan 14, 2021| 02:40 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।