शनिबार, असार २७, २०८३

ईपीएलमा सिटीको जित, बराबरीमा रोकियो टोटेनहम

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्राइटोनविरुद्ध साँघुरो जित निकालेको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्राइटोनविरुद्ध साँघुरो जित निकालेको छ।

बुधबार राति सम्पन्न खेलमा सिटीले पाहुना टिम ब्राइटोनलाई १–० गोलले हराएको हो। सिटीको जितका लागि ४४ औं मिनेटमा फिल फोडेनले निर्णायक गोल गरे। केभिन डिब्रुनले दिएको पासलाई उपयोग गर्दै फोडेनले निर्णायक गोल गरेका थिए।

जितसँगै सिटी अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपर फुलहामसँग १–१ गोलको बराबरीमा रोकिएको छ। हटस्पर रंगशालामा सम्मन्न खेलमा सुरुआति अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो।

टोटेनहमका लागि ह्यारी केनले २५ औं मिनेटमा गोल गरेर अग्रता बनाए पनि फुलहामका इवान कावालेइरोले ७४ औं मिनेटमा बराबरी गरे।

बराबीसँगै टोटेनहम र फुलहामले अंक बाँडेका छन्। अंकतालिकामा टोटेनहम ३० अंकका साथ छैटौं स्थानमा छ भने फुलहाल रेलिगेसन जोनमा छ।
 

प्रकाशित: Jan 14, 2021| 02:30 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।