शनिबार, असार २७, २०८३

बार्सिलोना सुपर कोपाको फाइनलमा

रियल सोसिडाडलाई हराउँदै क्याटलोनियन क्लब बार्सिलोना सुपरकोपा–डि स्पानाको फाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– रियल सोसिडाडलाई हराउँदै क्याटलोनियन क्लब बार्सिलोना सुपरकोपा–डि स्पानाको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न खेलको निर्धारित समयमा बराबरी भएपछि टाईब्रेकरबाट सोसिडालाई ३–२ गोलले हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो।

प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा गोल गर्दैै बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो। तर ५१ औं मिनेटमा सोसिडाडका माइकेल ओयरजबलले पेनाल्टीमार्फत् गोल गरेपछि भने खेल बराबरीमा आयो।

निर्धारित ९० मिनेटपछि थपिएको अतिरक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा लिइएको हो।

जहाँ बार्सिलोनाले ३ गोल गर्न सफल भयो भने सोसिडाडले २ गोल मात्र गर्यो। लगातार तीन पेनाल्टी सेभ गरेका बार्सिलोनाका किपर टेर स्टेगेन म्यान अफ दि म्याच बने।  

अब बार्सिलोनाले फाइनलमा रियल मड्रिड र एथ्लेटिक क्लबको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। रियल र एथ्लेटिकबीच दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ।
 

प्रकाशित: Jan 14, 2021| 01:03 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।