आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  आज माघे संक्रान्ति, सभामुखले भने : संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो

 आज माघे संक्रान्ति, सभामुखले भने : संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो

सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ।’
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन्। 

माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताए। भने,‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ।’

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उनको सन्देशमा उल्लेख छ। सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गरेका छन्।  

सभामुखले सन्देशमा भनेका छन्, ‘कोभिड१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसङ्क्रान्ति, माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु।’

यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने सभामुखले विश्वास लिएका छन्। 

प्रकाशित: Jan 14, 2021| 00:55 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।