आफ्नो सामभाजिक सञ्जाल ह्याक गरी रकम माग भएको भन्ने उजुरी साइबर ब्यूरोमा परेको थियो। उनी पर्साबाट पक्राउ परेका हुन्। १४ वर्षीय किशोर भएकाले प्रहरीले उनको परिचय गोप्य राखेको छ।
लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको फिल्मको पूर्व खानेपानी मन्त्री बिना मगरले हालै मुहुर्त गरिन्।
यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तर कोरियाले भाग लिएको थियो। सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न खेलमा उत्तर कोरियाको सहभागिताले सहयोग गरेको थियो।