शुक्रबार, कात्तिक २८, २०८२

लिम्बु भाषामा ‘रीत’ फिल्म निर्माण हुने

लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको फिल्मको पूर्व खानेपानी मन्त्री बिना मगरले हालै मुहुर्त गरिन्।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ। फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको फिल्मको पूर्व खानेपानी मन्त्री बिना मगरले हालै मुहुर्त गरिन्।

National life

फिल्ममा पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायतका कलाकारहरुको अभिनय रहनेछ।

ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बीबी लिम्बुको संगीत छ।

दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा सागर केरुङको कथा, पटकथा र संवाद छ। फिल्ममा राम नेयोङ लिम्बु र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन्।

मुहुर्तमा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 06, 2021| 10:40 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्