आइतबार, भदौ १४, २०८३

कर्णालीमा नयाँ सरकार गठनको गृहकार्य सुरु

कर्णाली प्रदेशमा नेकपा (एमाले)ले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न गृहकार्य थालेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा नेकपा (एमाले)ले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न गृहकार्य थालेको छ। 

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएसँगै उसले नयाँ सरकार गठनको गृहकार्य थालेको हो। मन्त्रीहरुले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ।

दलको बैठकले नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी एमाले संसदीय दलका नेता यामलाल कँडेललाई दिएको छ।

४० सदस्यीय प्रदेशसभामामा माओवादीबाट एमालेमा प्रवेश गरेका सांसद धर्मराज रेग्मी कारबाहीमा परिसकेका छन्। हाल प्रदेश सभामा कायम रहेका ३९ सांसदमध्ये २० जनाको समर्थनमा बहुमत प्राप्त गरेर सरकार गठन गर्न सकिन्छ।

एमालेसँग सभामुखसहित २० जना सांसद छन्। तर, सभामुख राजबहादुर शाहीले निर्णायक मतमात्रै दिन पाउँछन्। जसका कारण अब नयाँ सरकार गठनका लागि एमालेलाई एक जना सांसदको समर्थन आवश्यक छ।

कर्णाली प्रदेश सभामा ३९ सांसदमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक जना छन्। एमालेले राप्रपा सांसदको समर्थनमा कर्णालीमा नयाँ सरकार गठन गर्नसक्छ। दलको बैठकले एमाले संसदीय दलको विधानसमेत संशोधन गरेको सांसद प्रकाश ज्वालाले जानकारी दिए।

प्रकाशित: Apr 06, 2021| 11:14 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।