शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अजोडको हकप्रद सेयर निष्कासनको प्रस्ताव रद्ध गर्न बीमा समितिको निर्देशन 

अजोडको हकप्रद सेयर निष्कासनको प्रस्ताव रद्ध गर्न बीमा समितिको निर्देशन 

केही दिनअघि इन्साइडर ट्रेडिङ भएको आरोप लागेको अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्थगन गर्न बीमा समितिले निर्देशन दिएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- केही दिनअघि इन्साइडर ट्रेडिङ भएको आरोप लागेको अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्थगन गर्न बीमा समितिले निर्देशन दिएको छ।

कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णयका लागि बीमा समितिको निर्देशन नलिएको भन्दै सो प्रस्ताव स्थगन गर्न निर्देशन दिएको हो। 

बीमा कम्पनीहरुको अनुगमन र सुपरिवेक्षणको जिम्वेवारी बीमा समितिले पाएको छ। हकप्रद सेयर जारी गर्नका लागि समितिको अनुमति अनिवार्य रहन्छ तर समितिको अनुमति नै नलिई कम्पनी नेपाल धितोपत्र बोर्डमा हकप्रदको लागि अनुमति लिन गएपछि समितिले स्थगनको निर्देशन दिएको हो। 

कम्पनीले गत चैत १७ गते ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्तावसहित बैशाख ७ गते वार्षिक साधारणसभा बोलाउनेसम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो।

तर १६ गते भने कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्नेगरी उकालो लागेको थियो। कम्पनीको मूल्य १० प्रतिशतले बढेपछि लगानीकर्ताहरुले सूचना चुहाएर कारोबार भएको (इन्साइडर ट्रेडिङ) भएको आशंका गरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा समेत छानबिनका लागि उजुरी दिएका थिए। 

इन्साइडर ट्रेडिङ भएको हो वा होइन भन्ने विषयमा पनि नेपाल धितोपत्र बोर्डले छानबिन गरिरहेको बोर्डका प्रवक्ता निरज गिरीले नेपालसमयसँग बताए। त्यससम्बन्धमा कुनै भित्रि कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाउने बोर्डले जानकारी गराएको छ।

प्रकाशित: Apr 06, 2021| 10:13 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्