काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारमा मन्त्रीसमेत रहेका ४ जना संघीय सांसदलाई कारबाही गरेको छ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्य नरहने गरी माओवादी केन्द्रले कारबाही गरेको हो।
उनी चारै जना नेपाल कम्युनिस्ट पार्टी एमालेको ओली समूहमा लागेका छन्। यसबारे स्पष्टीकरण सोधिएको थियो। तर प्रभु साहबाहेक अन्य मन्त्रीले जवाफ दिएका थिएनन्।
जवाफ दिने प्रभुको पनि स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको प्रचण्डद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ।
पार्टीको निर्णय उलंघन गरेको पत्रमा उल्लेख छ।
प्रचण्डको निर्णयपछि संसद सचिवालयमा मंगलबार दर्ता गरिएको पत्रमा हाल मन्त्री रहेका चारै सांसदलाई दल त्यागबारेको जानकारी सदनमा पेस गर्न अनुरोध गरिएको छ।

