बिहीबार, फागुन २८, २०८२

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तर कोरियाले भाग लिएको थियो। सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न खेलमा उत्तर कोरियाको सहभागिताले सहयोग गरेको थियो।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

सोल (दक्षिण कोरिया)- जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा उत्तर कोरियाले आफ्ना खेलाडी नपठाउने घोषणा गरेको छ। उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोना महामारीका कारण उत्तर कोरियाली खेलाडी टोकियो ओलम्पिकमा सहभागी नहुने जानकारी दिएको हो।

National life

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तर कोरियाले भाग लिएको थियो। सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न खेलमा उत्तर कोरियाको सहभागिताले सहयोग गरेको थियो।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेकी थिइन्। दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले किम यो जोङसँग गरेको वार्ता सकारात्मक भएको थियो। जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरु भएका थिए।

तर प्योङयाङको पछिल्लो घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ। टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ। 

उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ। 

Laxmi sunrise bank
kumari

विश्लेषकहरुले भने खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन्। -रासस–एएफपी

प्रकाशित: Apr 06, 2021| 09:20 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।