शुक्रबार, असार २६, २०८३

एपीएफ ललितपुर मेयर कप क्रिकेटको फाइनलमा

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं – सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा ललितपुर मेयर ११ लाई १० विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको मेयर ११ ले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ६६ रन जोडेको थियो। ६७ रनको सामान्य लक्ष्य एपीएफले विना विकेट क्षतिमा नौ ओभर एक बल खेल्दै पूरा गरेको थियो।

एपीएफको जितका लागि रजमती ऐरी र इन्दु बर्माले क्रमशः ३३ र २८ रन बनाए। 

त्यसअघि मेयर ११ का कञ्चन श्रेष्ठ, सन्तोषी चौधरी र सरस्वती कुमारीले क्रमशः १७, १३ र १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफकी विनु बुढाले चार विकेट लिइन् भने रेखा रावलले मेयर ११ को दुई विकेट गिराइन्।  त्यस्तै सुमन विष्ट, करुण भण्डारी र सिता राना मगरले समान १–१ विकेट लिए।

विजेता एपीएफले तीन खेलबाट ६ अंक जोडेको छ भने समानत तीन खेलबाट मेयर ११ ले दुई अंक जोडेको छ।

आजको अर्को खेलमा प्रदेश १ ले सुदूरपश्चिमको सामना गर्दै छ। यसअघिको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको थियो।
 

प्रकाशित: Apr 06, 2021| 09:05 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।