आइतबार, भदौ १४, २०८३

कोरोनाको चिनियाँ खोप भोलिदेखि लगाइँदै

चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल लगाउने कार्यक्रम भोलि (बुधबार)बाट सुरु हुँदैछ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल लगाउने कार्यक्रम भोलि (बुधबार)बाट सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइनेछ। 

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका २२  स्थानमा मात्रै खोप दिइनेछ। स्वाथ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थी तथा हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउनेछन्। 

अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायत व्यापारीले पनि खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप महाशाखामा खोपका लागि निवेदन दिएका संघसंस्था र यसअघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि यो खोप दिइनेछ। तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने महाशाखाले बताएको छ। खोप लगाउन जाँदा आफ्नो प्रमाणित परिचयपत्र सहित उपस्थित हुनुपर्नेछ। ७ जिल्लामा २२ खोप केन्द्र तोकिएका छन्। 

वीर अस्पताल, प्रसूति गृह थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, वीरेन्द्र अस्पताल छाउनीमा खोप केन्द्र तोकिएको छ।

एपीएफ अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी, ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल ठिमी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशूली अस्पताल नुवाकोट, बाह्रबिसे अस्पताल सिन्धुपाल्चोक र जिल्ला अस्पताल रसुवामा पनि खोप लगाउन पाइनेछ।

प्रकाशित: Apr 06, 2021| 11:42 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।