आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार महासंघलाई सरकारको प्रतिछाया बन्न नदिन पूर्व अध्यक्षहरुको आग्रह

पत्रकार महासंघलाई सरकारको प्रतिछाया बन्न नदिन पूर्व अध्यक्षहरुको आग्रह

नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछाया बन्न नदिन महासंघका पूर्व अध्यक्षहरुले आग्रह गरेका छन्।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछाया बन्न नदिन महासंघका पूर्व अध्यक्षहरुले आग्रह गरेका छन्।

महासंघका पूर्व अध्यक्ष एवम् पूर्व सभापतिहरुले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै महासंघलाई सरकारको प्रतिछाया बन्न नदिन आग्रह गरेका हुन्।

‘नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछाया तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि दिशाबोध गर्न सक्ने बनाइराख्न आवश्यक छ’ संयुक्त वक्तव्यमा भनिएको छ।

‘प्रेस स्वतन्त्रता अहिले पनि चुनौतीको घेरामा रहेकाले यसको रक्षाको लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक हुन्छ।’ पूर्व अध्यक्ष एवम् पूर्व सभापतिहरुले भनेका छन्।

हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले हस्ताक्षर गरेको वक्तव्यमामा चुनावमा सबै पत्रकारहरु उत्साहपूर्वक सहभागी हुन आह्वान समेत गरिएको छ।

प्रकाशित: Apr 06, 2021| 10:23 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।