शुक्रबार, असार २६, २०८३

महिला भलिबलमा एपीएफ र न्यु डायमण्डको जित

एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले भरतपुर महानगर क्लबलाई ३–० को सेटमा हराएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले भरतपुर महानगर क्लबलाई ३–० को सेटमा हराएको छ।

पहिले सेटमै २५–१३ को दबाब बनाएको एपीएफले दोस्रो सेटमा भरतपुरले सात अंक जोड्दै निर्धारित २५ अंक पूरा गर्यो। लगातार दुई सेट जितेको एपीएफले तेस्रो सेटमा १६ अंकको अन्तरका साथ खेल जित्यो।

यो जितसँगै  एपीएफले चार खेलबाट १० अंक जोडेको छ। यता भरतपुरको तीन अंकमात्र छ। उसले तीन अंक बनाउँदै लिग अन्त्य गरेको छ।

आजको दोस्रो खेलमा नेपाल पुलिस क्बलाई हराउँदै न्यु डाइमण्ड क्लब शीर्षस्थामा उक्लिएको छ।

उसले आजको खेलमा विभागीय टिम पुलिसलाई सोझो सेटमा पराजित गरेको हो। न्यु डाइमण्डले पुलिसमाथि २५–२२, २५–२२ र २५–१६ को जित निकाल्यो। उसले पनि चार खेलबाट १० अंक नै जोडेको छ।

अब लिगको शीर्षस्थानमा हुने दुई टिमले यही चैत २६ गते हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ। अहिले न्यु डायमण्ड र एपीएफ शीर्ष र दोस्रो स्थानमा छन्।

अंकतालिकामा पुलिस र आर्मीको समान ८–८ अंक छ। उनीहरु तेस्रो र चौथो स्थानमा छन्। भरतपुर र ढोरपाटन भने लिग चरणबाट बाहिरिएका छन्।

६ टिम सहभागी बनेको महिलातर्फ अब दुई खेल बाँकी छन्। जहाँ आर्मीले पुलिससँग खेल्ने छ भने एपीएफले न्यु डायमण्डसँग खेल्नेछ।

एपीएफ र न्यु डायमण्डबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ। अर्को विजेता टिम भने पुलिस र अर्मीबीचको खेलबाट निर्धारण हुनेछ।
 

प्रकाशित: Apr 06, 2021| 09:35 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।