आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दुबईमा नांगो तस्बिर खिचाउने महिलाको समूह पक्राउ, ६ महिना जेल सजाय हुनसक्ने

दुबईमा नांगो तस्बिर खिचाउने महिलाको समूह पक्राउ, ६ महिना जेल सजाय हुनसक्ने

यूएईको दुबईमा न्यूड फोटो सुट गर्ने महिलाको एउटा समूह पक्राउ परेको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– यूएईको दुबईमा न्यूड फोटो सुट गर्ने महिलाको एउटा समूह पक्राउ परेको छ।

National life

होटलको बालकोनीमा नांगै भएर तस्बिर खिचाउने महिलाहरु समातिएका हुन्। दुबई प्रहरीले उनीहरुलाई सार्वजनिक नग्नताको आरोपमा पक्राउ गरेको हो। 

शनिबार इन्टरनेटमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा नग्न महिलाहरुको एउटा समूह देखिन्छ। 

पक्राउ परेका महिला युक्रेनका हुन्। दुबईस्थित युक्रेनको वाणिज्य दूतावासले बीबीसीलाई बताएअनुसार पक्राउ पर्नेमा ११ जना महिला छन्। 

यूएईमा सार्वजनिक नग्नताको कसुरमा ६ महिनासम्मको जेल र ५ हजार दिरामसम्म जरिवाना हुने कानुन छ।

यूएईमा धेरैजसो कानुन शरीया कानुनमा आधारित छन्। त्यहाँ सार्वजनिक स्थानमा प्रेम प्रदर्शन गरे वा समलैंगिक सम्बन्ध राखे पनि जेल सजाय हुन्छ।
 

प्रकाशित: Apr 06, 2021| 07:59 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।