शनिबार, असोज १०, २०८३

कस्मेटिक आइटममा ठगीको आरोपमा उद्योग सञ्चालक पक्राउ

कस्मेटिक आइटममा ठगी गरेको आरोपमा एक उद्योग सञ्चालक पक्राउ परेका छन्।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- कस्मेटिक आइटममा ठगी गरेको आरोपमा एक उद्योग सञ्चालक पक्राउ परेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासोको आधारमा मंगलबार गरेको अनुगमनमा कस्मेटिक आइटममा ठगी गरेको पाइएपछि कलंकीस्थित एक उद्योगका सञ्चालक पक्राउ परेका हुन्।

विभागले मंगलबार गरेको अनुगमनमा काठमाडौंको कलंकीमा रहेको हबिब कालाकोकिला हिनाज उद्योगले आफ्नो उद्येश्यविपरित उपभोक्तामाथि खेलवाड गर्ने गरेको पाइएको हो। विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार विभागले प्रहरीको समन्वयनमा कलंकीको उक्त उद्योगमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा उद्योगले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिमको अनुचित व्यवपारिक क्रियाकलाप गरेको पाएको सेढाईले बताए। ‘चरम बेथिति गरेको पाइएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखासँगको समन्वयमा हामीले अनुगमन गरेर उत्पादनस्थ, शिल गरेर आएका छौं।’ सेढाईले भने।

सेढाईका अनुसार कालाकोकिला ब्राण्डको मेहेन्दीलगायतका अन्य कस्मेटिक आइटमहरु उत्पादन गर्ने, आयात गर्ने, बिक्री वितरण गर्ने गरेको पाइएको थियो। यो कार्य उक्त उद्योगले लिएको उद्देश्यविपरित रहेको विभागले जानकारी दिएको छ।

‘उद्योगको उद्देश्य मिल्दैन’, सेढाईंले भने, ‘उद्योगको उद्देश्य त मेहेन्दी र मलतानी माटो प्याकिङ गर्ने मात्रै रहेको छ।’
उद्देश्यविपरत काम गरेको पाइएपछि विभागले उद्योगको उत्पादनस्थल, गोदाम र बिक्रीस्थलमा सिल गरेको छ।

सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो बारेमा विस्तृत अनुसन्धान गरी कानुनअनुसार काराही प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ। ‘विस्तृत अनुसन्धान गरेर कुन दफा आकर्षित हुन्छ त्यहीअनुसार कारबाही अघि बढ्छ’ प्रवक्ता सेढाईले भने।

प्रकाशित: Apr 06, 2021| 12:09 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्