बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उपचार सेवा बन्द गरिएको छ।
नेपालमा कोरोना भाइरस बढ्दै गएको छ। संक्रमित बढेसँगै अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ। डबल म्युटेट कोरोना भाइरसको संक्रमणबाट स्वास सम्बन्धि समस्या भएका बिरामी संख्या बढ्दो छ।