शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा उच्च ज्वरोले एक छात्राको विद्यालयमै मृत्यु

रुपन्देहीमा उच्च ज्वरोले एक छात्राको विद्यालयमै मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको शनिबार मृत्यु भएको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको शनिबार मृत्यु भएको छ।

कोरोनाको जोखिम हुँदासमेत विद्यालय सञ्चालन गरेको र उच्च ज्वरोकै कारण छात्राको मृत्यु भएको अभिभावकले बताएका छन्।

विद्यालयको छात्राबासमा बसेर १० कक्षामा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो। २ दिनदेखि ज्वरो आएकी विद्यार्थी सापकोटाको उपचारमा विद्यालयले ध्यान नदिँदा मृत्यु भएको अभिभावकको आरोप छ।

बालिकामा २ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिए पनि विद्यालयले शनिबार मात्रै अभिभावकलाई जानकारी दिएको थियो।

सरकारले जाखिम उठाएर अध्ययन अध्यापन नगराउन भने पनि प्यारामाउण्ट विद्यालयमा भने अहिले परीक्षा चलिरहेको छ। मृतक किशोरीको घर गुल्मीको मजुवा हो। विद्यालयका अन्य विद्यार्थीहरुलाई रुघा, खोकी र ज्वरो आएको छ।

अभिभावक र विद्यार्थीहरुको दबाबपछि भने विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परिक्षणका लागि स्वाव संकलन गराएको छ।

प्रकाशित: Apr 24, 2021| 14:22 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।