शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविश्वास प्रस्तावको सूचनाले झस्किए ओली, आकस्मिक बैठक बोलाएर कारबाही गर्ने तयारी

अविश्वास प्रस्तावको सूचनाले झस्किए ओली, आकस्मिक बैठक बोलाएर कारबाही गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेका छन्।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेका छन्।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेका हुन्। 

नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारीस्वरुप ओलीले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन्। पछिल्लो समय कांग्रेस, माओवादी र जसपाको एउटा खेमाले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको थियो।

परिस्थिति अनुकूल हुँदा विपक्षी दलहरु अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन्। ‘छलफल चलिरहेको थियो। अनुकूल परिस्थितिमा अविश्वासको प्रस्ताव दर्ता गर्ने हाम्रो तयारी छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यसका लागि गृहकार्य भइरहेको छ।’ 

अविश्वासको प्रस्ताव आए नेपाल समूहले फ्लोर क्रस गर्न सक्ने डर ओलीलाई छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेर नेपाल समूहले फ्लोर क्रस गरेको थियो।

कर्णाली प्रदेशबाट सुरु भएको फ्लोर क्रसको शृंखला केन्द्रमा पनि जारी रहने सम्भावना देखेपछि ओलीले नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी गरेको एमाले स्रोत बताउँछ। 

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै ओलीको विकल्पको खोजी भइरहेको छ। तर, विपक्षी दल एकमत नुहँदा अविश्वासको प्रस्ताव आउन सकेको छैन। ओलीले आफू नेतृत्वको सरकार टिकाउन जसपाको एउटा सूुहसँग सहमतिको प्रयास जारी गरेका छन्। 

महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिन्छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको विकल्प खोजिनुपर्नेमा छन्। 

प्रकाशित: Apr 25, 2021| 04:52 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।