शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा कोरोना कहर : ४ जना भेन्टिलेटरमा, १० जना आईसीयूमा

सुदूरपश्चिममा कोरोना कहर : ४ जना भेन्टिलेटरमा, १० जना आईसीयूमा

सुदूरपश्चिममा कोरोनाको तीव्र संक्रमणसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि बढेको छ।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

धनगढी- सुदूरपश्चिममा कोरोनाको तीव्र संक्रमणसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि बढेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालमा उपचाररत ४२ जनामध्ये ४ जनाको भेन्टिलेटर र १० जनाको आईसीयूमा रहेको बताए। उनका अनुसार१० जनालाई अक्सिजन दिइएको छ भने १८ जनाको साधारण बेडमा राखेर उपचार भइरहेको छ।

प्रदेशमा एक हप्ताको तथ्यांकलाई केलाउँदा हरेक दिन कोरोनाका नयाँ संक्रमित थपिदै गएको छ। 
वैशाख ५ गते प्रदेशको विभिन्न जिल्लामा कोरोनाका नयाँ संक्रमित २२ जना थपिएकोमा ६ गते २६ जना, ७ गते ६७ जना, ८ गते ५९ जना, ९ गते ६९ जना र १० गते ९४ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

११ गते सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा २८० जनाको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८५ जनाको परीक्षण गर्दा ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार बैतडी अस्पतालमा ६० जनाको परीक्षण गर्दा १७ जना, डडेल्धुरा अस्पतालमा १३ जनाको परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा १९ जनाको परीक्षण गर्दा १२ जना र कमल बजार अस्पतालमा तीन जनाको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ५७२ पुगेको छ। प्रदेशको सबैभन्दा बढी कैलालीमा कोरोनाका सक्रिय संक्रमित ३१७ पुगेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा १४२, डोटीमा २८, डडेल्धुरामा २१, बैतडीमा ५४, अछाममा ४, बाजुरा र दार्चुलामा २–२ तथा बझाङ र अन्य जिल्लाका १–१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: Apr 24, 2021| 14:01 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।