शुक्रबार, भदौ १२, २०८३

कोरोना नियन्त्रणमा यस्ता खानेकुरा कति प्रभावकारी?

औषधिको सेवनले कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा विश्वभर नै अनुसन्धान भइरहेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

औषधिको सेवनले कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा विश्वभर नै अनुसन्धान भइरहेको छ। तर, अहिलेसम्म रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिसमा संक्रमण कम घातक हुने पुष्टि भएको छ। र, विश्वभर नै मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायको खोजी हुन थालेको छ।

महामारीको समयमा यस्ता विषयले चर्चा पाइरहेका हुन्छन्। १९१८ मा स्पेनिस फ्लू फैलिएको थियो। त्यो समयमा पनि यस्तै कुरा हुन्थे। २०२१ मा कोरोना महामारी फैलिँदा फेरि मानिसको रोग प्रतिरोधात्मक क्षमताको बहस हुन थालेको छ। यो सय वर्षमा मेडिकल क्षेत्रमा थुप्रै प्रगति भयो। तर, अहिले त्यो प्रगतिलाई कोरोना महामारीले चुनौती दिइरहेको छ।

अहिले सामाजिक सञ्जालमा बढी हस्तमैथुन गर्दा ब्लड सेल बढ्ने, भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त भएका फल खानुपर्छ, ग्रीन टी र रातो खुर्सानी खाँदा कोरोना कमजोर हुन्छ जस्ता अफवाह फैलिरहेका छन्। 

तर, अध्ययनले बजारमा फैलिने यस्ता कुरा भ्रम मात्र भएको जनाएको छ। अमेरिकाको येल युनिभर्सिटीको इम्युनोलोजिस्ट अकी इवासाकीका अनुसार प्रतिरोधात्मक क्षमताका तीन भाग हुन्छन्। अनुहार, श्वास मार्ग र म्यूकस झिल्लीले हाम्रो शरीरमा कुनै पनि संक्रमण हुनबाट रोक्छन्। यदि कुनै भाइरसले यी तीनै अवरोधलाई तोडेर भित्र पस्यो भने कोशिका सतर्कता अपनाउँदै भाइरससँग लड्न थाल्छन्।

यतिले पनि काम गरेन भने एडप्टिभ इम्युन सिस्टम आफ्नो काम गर्न थाल्छ। यसमा कोशिका, प्रोटिन सेल र एन्टिबडी सहभागी हुन्छ। एडप्टिभ इम्युन सिस्टमले खतरनाक विषाणुसँग पनि लड्छ।

हल्का खोकी, ज्वरो, टाउको दुख्ने लक्षण कुनै भाइरसका कारण हुँदैनन्। यो हाम्रो शरीरमा जन्मजात प्राप्त प्रतिरोधक क्षमताले हुने गर्छ। ज्वरोले शरीरमा भाइरसको फैलिने क्रमलाई रोक्ने माहोल बनाउँछ। यस्तो बेला रोग प्रतिरोधात्मक क्षमता बढ्ने औषधिको सेवन गर्दा कुनै फाइँदा हुँदैन।

मानिसले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि मल्टिभिटामिन लिइरहेका हुन्छन्। तर, अध्ययनले पूर्ण रूपमा स्वस्थ मानिसले यस्ता चिजको सेवन गर्न आवश्यक नरहेको जनाउँदै आएको छ।

यस्तो सोचबाट आममानिस मात्र नभएर पढेलेखेका मानिस पनि सिकार हुने गरेका छन्। दुईपटक नोबेल पुरस्कार जितेका लाइनस पोलिङ्ग ज्वरोबाट जोगिन प्रत्यक दिन १८ हजार मिलिग्राम भिटामिन सी लिन थालेका थिए। यो शरीरलाई आवश्यक पर्ने भन्दा ३०० गुणा बढी हो। 

सन्तुलित आहार लिने मानिसमा अनावश्यक रूपमा भिटामिनको प्रयोग गरिराख्नुपर्दैन। भिटामिन सीको अधिक सेवन पत्थरीको कारण बन्न सक्छ।

विज्ञका अनुसार शरीरमा कुनै भिटामिनको कमी नहुँदा अतिरिक्त भिटामिन लिनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। तर, भिटामिन डीको सप्लिमेन्ट भने फाइदाजनक हुन्छ।

भिटामिन डीको कमीले श्वाससम्बन्धी रोग लाग्न थाल्छ। यसको कमीले इम्युनसँग सम्बन्धित रोग हुन थाल्छन्। भिटामिन डीको समस्या गरिब देशको मात्र नभएर धनी देशको पनि समस्या हो। एक अध्ययनका अनुसार २०१२ सम्म विश्वभर एक अरब भन्दा बढी मानिसमा भिटामिन डीको कमी थियो। घामका किरणको सम्पर्कबाट टाढा रहने मानिसमा भिटामिन डीको कमी हुने गर्छ।

शरीरमा सेता कोशिकाले विषाक्त अक्सिजन पदार्थ निकाल्छन्। जसले शरीरमा कुनै भाइरसलाई बढ्न दिँदैनन्। यस्तै यिनिहरूले स्वस्थ कोशिकामा क्षति पुर्‍याउने गर्छन्। जसले गर्दा प्रतिरोधक क्षमता कमजोर हुन्छ। त्यसैले सबै कोशिकालाई स्वस्थ र सुरक्षित राख्नका लागि एन्टी अक्सिडेन्ट आवश्यक हुन्छ। शरीरमा एन्टी अक्सिडेन्ट फलफूल, सागपातमा पाइन्छ। त्यसैले अलग्गै सप्लिमेन्ट लिनु आवश्यक हुँदैन।

एन्टी अक्सिडेन्ट रोग प्रतिरोधात्मक क्षममता बढाउनमा कति मद्दत गर्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको अधिकारीहरूको भनाइ छ।

केही ब्याक्टेरिया शरीरका साथी हुन्छन्। उनी हाम्रो स्वास्थ्यका लागि निकै आवश्यक हुन्छन्। कतिपय अवस्थामा शरीरमा यी व्याक्टेरियाको कमी हुन पुग्छ। त्यसैले कतिपय अवस्थामा बाहिरबाट प्रोबायोटिक्स सप्लिमेन्ट लिनुपर्छ। अहिले प्रोबायोटिक्स कोरोना रोक्नमा सहयोग गर्ने दाबीसहितका भ्रम बाहिरिने गरेका छन्। यी कुरामा भने विश्वास गर्नु हुँदैन।

अहिलेको अवस्थामा सबै भन्दा सुरक्षित उपाय भनेकै सरसफाइमा ध्यान दिने, माक्सको प्रयोग गर्ने र सेनिटाइजर प्रयोग गर्ने नै हो। भ्रामक खबरको पछाडि लाग्दा तिनले शरीरमा फाइदा पुगाउनुको साटो क्षति पुर्‍याउने जोखिम हुन्छ। - बीबीसी

प्रकाशित: Apr 25, 2021| 02:03 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।