शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमा कोरोना भएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द

स्वास्थ्यकर्मीमा कोरोना भएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि  भएपछि उपचार सेवा बन्द गरिएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि  भएपछि उपचार सेवा बन्द गरिएको छ। 

कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ। 

अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि  इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको जानकारी गराउँन चाहन्छौं।’ 

वैशाख १२ गतेदेखि १८ गतेसम्म इमरजेन्सीबाहेकका सेवा दिन सकिने नरहेको अस्पतालले जनाएको छ।  केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि हुँदै आएको छ। 

प्रकाशित: Apr 25, 2021| 05:09 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।