काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक आज देउवा निवास बूढानीलकण्ठमा बस्दै छ। सोमबारको केन्द्रीय समिति बैठकको अजेन्डा तय गर्न बैठक बोलाइएको हो।
बैठकमा केही केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ। बैठकमा १४ औं महाधिवेशन र जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा छलफल हुनेछ।