शुक्रबार, भदौ १२, २०८३

‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

कोरोना संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’  सञ्चालनमा आएको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

हेटौंडा - कोरोना संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’  सञ्चालनमा आएको छ। प्रदेश सरकारको मातहत रहेको  हेटौंडास्थित हेटौंडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो।

संक्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका संक्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार  उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ। केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ।

ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका संक्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ। अक्सिजनको मात्रा कम हुने संक्रमितलाई बढी खतरा हुन्छ। 

आइसोलेसन कक्ष पुनः सञ्चालन

हेटौंडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ। मकवानपुरमा कोभिड–१९  सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ। 

आइसोलेसन कक्षमा हाल १५ शय्या छन्। यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ। सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका संक्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ। रासस

प्रकाशित: Apr 25, 2021| 00:38 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।