मंगलबार, चैत १०, २०८२

शरीरमा अक्सिजन कमी हुँदा कति बेला अस्पताल जाने?

नेपालमा कोरोना भाइरस बढ्दै गएको छ। संक्रमित बढेसँगै अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ। डबल म्युटेट कोरोना भाइरसको संक्रमणबाट स्वास सम्बन्धि समस्या भएका बिरामी संख्या बढ्दो छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

नेपालमा कोरोना भाइरस बढ्दै गएको छ। संक्रमित बढेसँगै अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ। डबल म्युटेट कोरोना भाइरसको संक्रमणबाट स्वास सम्बन्धि समस्या भएका बिरामी संख्या बढ्दो छ।

National life

सबै बिरामीलाई अक्सिजन आवश्यक पर्दैन। अक्सिजन सेचुरेशनका साथै कुन अवस्थामा अस्पताल पुग्ने भन्ने कुरामा बिरामी सजग हुन आवश्यक छ।

अक्सिजन सेचुरेशन फोक्सो तथा अन्य अंगमा जाने रगतको अक्सिजेन्टेड हिमोग्लोबिनको लेवल हो। जो प्रतिशतमा हेर्न सकिन्छ। यसले शरीरका अंगलाई राम्रोसँग चल्न मद्दत गर्छ। स्वास्थ्यकर्मीका अनुसार कोरोना हुँदा शरीरमा अक्सिजनको कमी हुने गर्छ।

अक्सिजन लेवल ९४ देखि १०० को बिचमा हुनु एकदमै राम्रो मानिन्छ। अक्सिजन लेवल ९४ भन्दा तल गयो भने हाइपोक्सेमियालाई ट्रिगर गर्न सक्छ। जसले थुप्रै समस्या पैदा हुनसक्छ। अक्सिजन लेवल ९० भन्दा तल झर्नु भनेको खतराको संकेत हो। यस्तो अवस्थामा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ।

स्वास फुल्नु, छातिमा दुखाइ हुनु शरीरमा अक्सिजन कम भएको संकेत हो। कुनै मानिसमा एक्कासी अक्सिजन लेवल घट्यो भने रेस्पिरेटरी इन्फेक्शनको जोखिम हुन्छ।  यसले शरीरका थुप्रै अंग र रेगुलर फंसनमा असर गर्छ। 

Laxmi sunrise bank
kumari

शरीरमा ९५ प्रतिशत भन्दा माथि अक्सिजन भए आत्तिनु पर्दैन। ९१ देखि ९४ बिचमा अक्सिजन भए लगातार मोनिटरिङ गर्नुपर्छ। तर, लगातार एक दुई घन्टासम्म अक्सिजन लेवल ९१ प्रतिशत भन्दा तल झर्यो भने त्यस्तो बेला बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ।

ओठ निला हुनु वा अनुहारको रंग उड्नु पनि शरीरमा अक्सिजन कम भएको लक्षण हुनसक्छ। रगतमा अक्सिजनको कमी हुँदा यस्तो समस्या देखिन्छ। स्वस्थ मानिसका ओठको रंग रातो वा गुलाबी हुन्छ।

कोरोना संक्रमितका लागि अचानक अक्सिजन लेवल घट्नु खतरापूर्ण हुनसक्छ। यस्तो बेला छाति दुख्ने, स्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, लगातार खोकी लाग्ने, छटपटी बढ्नुका साथै टाउको दुख्ने हुन्छ। यस्तो बेला ढिला नगरी अस्पताल जानुपर्ने हुन्छ।

रगतमा अक्सिजनको कमी हुँदा दिमागमा पुग्ने ब्लड फ्लो प्रभावित हुन पुग्छ। जसले हाम्रो न्यूरोलोजिकल फंसनमा पनि असर पुग्नसक्छ। यस्तो हुँदा बिरामीलाई रिगटा लाग्ने, बेहोस हुने जस्ता समस्या देखिन्छन्। यस्तो बेला पनि अस्पताल गइहाल्नुपर्छ।

प्रकाशित: Apr 25, 2021| 03:08 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्