काठमाडौं - एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहितले दायर गरेको रिट आज सर्वोच्च अदालतमा पेसी चढेको छ।
कारबाही रोक्न माग गर्दै दायर गरिएको रिटको प्रारम्भिक सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा तोकिएको छ।
सुनुवाइ ३०औं नम्बरमा परेको छ।
केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णय पार्टी विधान र कानुनको समेतविपरीत भएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।