‘शैक्षिक सत्र एक महिनापछि सारिए पनि विद्यालयले शिक्षण सिकाइलाई निरन्तरता दिन सक्नेछन्। परीक्षा सकेका विद्यालयले पठनपाठनलाई निरन्तरता दिन र परीक्षा रोकिएका विद्यालयले वैकल्पिक माध्यमबाट विद्यार्थीको मूल्यांकन गर्न सक्नेछन्।’
सोमबार सम्पन्न नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरे पनि एमालेका तर्फबाट सरकारमा सहभागि मन्त्री भने अन्योलमा रहेका छन्।
अधिकांश नेताहरु विज्ञानले प्रमाणित गरेका तथ्यलाई तोडमोड गर्न व्यस्त रहे। भ्रम फैलाइरहे र सामाजिक दुरी कायम गराउन असफल भए। सरकारले महामारी नियन्त्रणमा काम गर्न नसक्दा ती देशका नागरिकको जनजीवन र...
कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौं महानगरपालिकाले परीक्षणको दायर बढाएको छ। यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ।
‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ। पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो।
स्थानीय प्रशासनले संक्रमितको शव व्यवस्थापनमा खासै चासाे नदिँदा कैयौं दिनसम्म शवहरू बेवारिस अवस्थामा रहने गरेका छन्। त्यस्ता शवहरूकाे व्यवस्थापनका लागि युवाहरू खटिएका छन्।
काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थप्ने तयारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा थप कडाइका साथ निषेध आदेश थप्ने तयारी भइरहेको हो।
‘अस्पतालले अक्सिजनको जोहो गरिदिएको भए र बिरामी छटपटिएका बेला डाक्टर वा नर्स पुगेको भए काका बाँच्ने थिए। धेरै पटक काका छटपटिएको देखें, डाक्टर–नर्ससँग गुहार मागें। तर, उपचार गर्न कोही गएनन्।...
आफ्नो दूधे शिशुलाई पाखा राखेर स्वास्थ्यकर्मीले संक्रमितलाई प्राथमिकता दिनुपर्ने अवस्था छ। आफ्नो अठोट र स्वास्थ्यले साथ दिएसम्म बिरामीलाई छटपटीमा राखेर म निदाउन कहाँ सक्छु र?
गौतमको स्वर सुन्नेबित्तिकै स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट कार्यक्रम सुरु भएकाे सबैले चाल पाउँथे। संक्रमित कति थपिए, कति मुक्त भए र कतिको ज्यान गयो? सरकारी लेखाजोखाको आधिकारिक सूचनादाता थिए उनी।