बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समिट अस्पताल जहाँ बिरामी छटपटाउँदा–छटपटाउँदै बितिजान्छन् 

समिट अस्पताल जहाँ बिरामी छटपटाउँदा–छटपटाउँदै बितिजान्छन् 

‘अस्पतालले अक्सिजनको जोहो गरिदिएको भए र बिरामी छटपटिएका बेला डाक्टर वा नर्स पुगेको भए काका बाँच्ने थिए। धेरै पटक काका छटपटिएको देखें, डाक्टर–नर्ससँग गुहार मागें। तर, उपचार गर्न कोही गएनन्। अनि कसरी बाँचून् त?’
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडाैं- बिरामीलाई आईसीयूमा राखिएको छ, डाक्टर पुग्दैनन्। अक्सिजन सकिन्छ, जोडिदिने नर्स छैन। औषधि चलाउने बेला हुन्छ, स्वास्थ्यकर्मी क्यान्टिनतिर पुगेका हुन्छन्। आफन्तले बिरामीलाई कस्तो छ भनेर सोध्दा स्वास्थ्यकर्मी उल्टै झर्किन्छन्। स्वास्थ्य सेवामा खटिएका व्यक्ति गैरजिम्मेवार बनिदिँदा भक्तपुर लोकन्थलीस्थित समिट अस्पतालमा भर्ना गरिएका बिरामी उपचार नपाएरै ज्यान गुमाइरहेका छन्। 

स्वास्थ्यकर्मीको लापरबाहीका कारण काकाको ज्यान गएको बताउँछन् भक्तपुर गठ्ठाघरका कैलाश श्रेष्ठ। उनले वैशाख २६ गते कोरोना संक्रमण भएपछि ५९ वर्षीय काकालाई समिट अस्पतालमा पुर्‍याएका थिए। तर उनले काकालाई फर्काउन सकेनन्। ३१ गते मृत्यु भयो। 

श्रेष्ठ भन्छन्, ‘अस्पतालले अक्सिजनको जोहो गरिदिएको भए र बिरामी छटपटिएका बेला डाक्टर वा नर्स पुगेको भए काका बाँच्ने थिए। धेरै पटक काका छटपटिएको देखें, डाक्टर–नर्ससँग गुहार मागें। तर, उपचार गर्न कोही गएनन्। अनि कसरी बाँचून् त?’ अस्पतालको भद्रगोल शब्दमा व्यक्त गर्नै नसक्ने बताउँछन् उनी।

उपचार त परको कुरा अवस्था कस्तो छ भनेर हेरिदिने डाक्टरसमेत आउँदैनन्। अक्सिजन सकिएपछि पुनः जोड्नग कसैले वास्तै गर्दैन। उनी भन्छन्, ‘योभन्दा ज्यादा बिरामीप्रतिको बेवास्ता के हुन्छ?’ बिरामीको अवस्था सोध्दा अस्पताल प्रशासन र डाक्टरहरूले झर्कीफर्की गर्ने गरेको उनले सुनाए। 

‘अन्यन्त्र बेड पाइएन यहीं भए पनि उपचार त होला नि भनेर ल्याएको थिएँ। तर, यहाँ उपचार होइन उल्टै बिरामीलाई गाल्ने काम हुँदो रहेछ’, उनी अनुभव सुनाउँछन्। त्यसो त अस्पतालको स्वास्थ्यकर्मीको बेवास्ताकै कारण मृत्यु हुने उनका काका एक्ला होइनन्। सोही दिन ३४ वर्षीया महिलाको अक्सिजन अभावमा छटपटिएर मृत्यु भयो। 

आईसीयूमा राखेबापत अस्पतालले बिरामीसँग दैनिक २० हजार रुपैयाँ असुल्दै आएको छ। अस्पतालले औषधि, ल्याब परीक्षण, खानालगायत अन्य शीर्षकमा पनि चर्को शुल्क असुल्ने गरेको छ। यस्तै सामान्य बेडको १० हजारसम्म लिने गरेको छ। 

उनको मृत्यु पनि स्वास्थ्यकर्मीको चरम लापरबाहीले भएको आफन्तको आरोप छ। अस्पतालमा संक्रमितको उपचार कम र पैसा असुली ज्यादा हुने गरेको गुनासो बिरामीका आफन्तको छ। श्रेष्ठ भन्छन्, ‘आईसीयूमा राखेका बिरामीले समयमै अक्सिजन पाउँँदैनन्।’ आईसीयूमा राखेबापत अस्पतालले बिरामीसँग दैनिक २० हजार रुपैयाँ असुल्दै आएको छ। अस्पतालले औषधि, ल्याब परीक्षण, खानालगायत अन्य शीर्षकमा पनि चर्को शुल्क असुल्ने गरेको छ। यस्तै सामान्य बेडको १० हजारसम्म लिने गरेको छ। 

जनकपुरका कोमल घिमिरे आइतबार आफ्नो दाइलाई समिटबाट निकालेर अन्य अस्पताल लैजाने तयारी गर्दै थिए। ‘अस्पताल ल्याएको तीन दिन भयो बिरामीको अवस्था झन् बिग्रिएको छ। डाक्टर हेर्न आउँदैनन्। प्रशासनलाई भन्यो, पूरै बेवास्ता गर्छन्। चरम लापरबाही भएपछि अन्य अस्पताल लैजान लागेको हुँ’, उनले भने। 

उनले तीन दिनको बीचमा करिब एक लाख रुपैयाँ समिट अस्पतालमा सकेका रहेछन्। उनले भने, ‘यत्तिका पैसा खर्च गर्दा पनि अस्पतालले बिरामीको उपचारमा बेवास्ता गर्‍यो।’ अब कुन अस्पताल लैजाने त? उनले भने, ‘अन्त कतै बेड पाइएको छैन। टेकु अस्पतालले बाहिरै राखेर भए पनि हेरौंला भनेको छ, त्यहीं लैजाने।’  

समिट अस्पतालमा संक्रमितलाई लिएर आएका अधिकांश आफन्तको गुनासो कैलाश श्रेष्ठ र कोमल घिमिरेको भन्दा फरक छैन। ‘के गर्नु सबै कुरा भन्नुभाको छैन। बिरामी यहीं छन्, भोलि तलमाथि बनाइदेलान् भन्ने डर छ।  यस्तो भद्रगोल र बिरामीप्रतिको चरम बेवास्ता अहिलेसम्म कहीं देखेको थिइनँ’,  नाम भन्न नचाहेका संक्रमितका एक आफन्तले भने। 

 ‘हामी आफैं आजित छौं। बिरामी छटपटाउँदा दौडेर डाक्टर खोज्न आयो, कोही हुँदैन। हाकिमसाबहरुलाई भन्यो हुँदै गर्छ भन्छन्। अनि के भन्नु?’ ती कर्मचारीले भने। 

उसो त अस्पताल प्रशासनका कर्मचारी नै यहाँ विशेषज्ञ डाक्टर नै नभएको स्वीकार्छन्। एक कर्मचारीले भने, ‘अस्पतालमा सामान्य पूर्वाधारसमेत छैन। अक्सिजन ल्याउन गाडीको समेत व्यवस्था हुँदैन।’ त्यसैले पनि अक्सिजन अभावमै बिरामीको ज्यान जाने गरेको छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि पाँच संक्रमितको अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको ती कर्मचारीको भनाइ छ। ‘हामी आफैं आजित छौं। बिरामी छटपटाउँदा दौडेर डाक्टर खोज्न आयो, कोही हुँदैन। हाकिमसाबहरुलाई भन्यो हुँदै गर्छ भन्छन्। अनि के भन्नु?’ ती कर्मचारीले भने। 

कोभिड अस्पतालमा रुपान्तरण भएको यो अस्पतालमा कति संक्रमित उपचाररत छन् र पूर्वाधार कस्तो छ? भन्ने बारे अस्पताल प्रशासनले सूचनासमेत दिन मानेन। ‘अहिले निर्माणकै चरणमा छौं, काम भइरहेको छ। बिरामीको उपचार चलिरहेको छ। बाँकी के भनौं तपाईंलाई?’ अस्पतालकी व्यवस्थापक सुरुचि खड्काले भनिन्। उनको अर्को दिन आउन भनेर फर्काइदिइन्।

बाहिर रहेका बिरामीका एक आफन्तले भने, ‘अस्पताललाई मान्छे मार्ने कारखाना बनाएका छन्। अनि कहाँ पत्रकारलाई भित्र छिर्न दिन्छन् त!’

भोलिपल्ट लोकन्थलीस्थित अस्पतालमा पुग्दा व्यवस्थापक खड्का बोल्नै चाहिनन्। एक घण्टासम्म कुराएर अकस्मात् बाहिर काम छ भन्दै गाडीमा हुइँकिइन्। आधा घण्टापछि फर्किएकी उनी अस्पतालभन्दा केही पर बाटोमै गाडी साइड लगाएर त्यहीं बसिन्। 

गाडी रोकिएकै स्थानमा गएर ‘म्याम हामीलाई बोलाउनुभयो। तर भेट्नसमेत चाहनु भएन्। काम छ भनेर हिँडेको मान्छे गाडीमै बसिरहनुभएको छ? किन यसो गर्नुभएको?’ उनी केही बोलिनन्। उल्टै चालकलाई गाडी अगाडि बढाउन भनिन्। चालकले गाडी भित्री बाटो हुइँक्याए। त्यसपछि अस्पताल जान खोज्दा  गेटभित्रै छिर्न दिइएन्। 

बाहिर रहेका बिरामीका एक आफन्तले भने, ‘अस्पताललाई मान्छे मार्ने कारखाना बनाएका छन्। अनि कहाँ पत्रकारलाई भित्र छिर्न दिन्छन् त!’

प्रकाशित: May 25, 2021| 01:22 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।