बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दीर्घरोगीलाई अस्पतालसम्म जान निःशुल्क ट्याक्सी सेवा (फाेन नम्बरसहित)

दीर्घरोगीलाई अस्पतालसम्म जान निःशुल्क ट्याक्सी सेवा (फाेन नम्बरसहित)

दीर्घरोगीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा निःशुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याइएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - दीर्घरोगीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा निःशुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याइएको छ। 

अहिले संक्रमण तीव्र बढेको छ, जसलाई रोक्न निषेध आदेश जारी गरिएको छ। यस्तो बेला नियमित अस्पतालसम्म पुग्नुपर्ने दीर्घरोगी समस्यामा छन्। 

त्यसैलाई मध्यनजर गर्दै अखिल यातायात मजदुर संघ र उपत्यका ट्याक्सी विशेष समितिले यो सेवा सुरु गरेका हुन्। उपत्यकामा अहिले ४५ भन्दा बढी ट्याक्सीले निःशुल्क यातायात सेवा दिएका छन्। 

समिति अध्यक्ष सूर्य तामाङका अनुसार विशेष गरी मिर्गौला रोगी र नियमित अस्पतालमा डायलाइसिस गर्नुपर्ने बिरामीलाई लक्षित गरिएको छ। साथै गर्भवतीलाई पनि विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ। 

अहिले त्रिवि शिक्षण अस्पतालमा निःशुल्क ट्याक्सी सञ्चालन भइरहेको छ। वीर अस्पताललगायत अन्य सरकारी अस्पतालमा पनि ट्याक्सी सेवा उपलब्ध गराइने बताइएको छ। 

ट्याक्सी घरमै आएर अस्पतालसम्म निःशुल्क लैजाने छ। हरेक बिरामीलाई १० किलोमिटरसम्मको यात्रामा कुनै शुल्क लाग्ने छैन। सोमाथिको दूरीमा यात्रा गरे किलोमिटरको हिसाबले तेल खर्च दिए पुग्ने समितिले जनाएको छ। 

यी हुन् घरमै लिन आउने ट्याक्सी चालकका नम्बरहरू

मिलन राई ९८४५४३३२७५

अनिल दाहाल ९८४१५०४५४६

किरण नेवार ९८६०६०६१६२ 

राज जोशी ९८२७१०४०५२ 

विष्णु हमाल ९८४११५३३२९ 

लक्ष्मीप्रसाद राई ९८४३४९४७६० 

अनिल श्रेष्ठ ९८१३९१५६३८

शंकर भण्डारी ९८४९ ०४६४००

रामकुमार राई ९८१८०४३३३०

प्रल्हाद गुरुङ ९८१८११५७९७ 

सञ्जीव नेपाली ९८४०२४६५१७ 

पेशल कार्की ९८२८८८२०५८ 

कपिलबहादुर प्याकुरेल ९८१८९६९६९१

प्रकाशित: May 25, 2021| 05:01 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।