बुधबार, भदौ १०, २०८३

सीसीएमसी प्रमुखमा पूर्व रथी बालानन्द शर्मा नियुक्त

नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त भएका छन्।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’अनुसार शर्मा सीसीएमसीमा नयाँ सदस्यका रुपमा नियुक्त भएका हुन्। यसअघि सीसीएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयका सचिव थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्देशक समिति छ। जसको प्रमुख यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए। निर्देशक समितीमा उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सीसीएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ।

यस्तै सोमबारको मन्त्रीपरिषद् बैठकले सप्तरी, सर्लाही, बागमती, सुदूरपश्चिम प्रदेश सहित १० वटा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: May 25, 2021| 00:57 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।